काठमाडौं महानगरस्तरीय कविता प्रतियोगितामा भ्याली भ्युका शिक्षक पौडेल प्रथम
थानकोट ।
काठमाडौं महानगरपालिकाको ३०औं महानगर दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका शिक्षक प्रथम भएका छन्।
राष्ट्रिय सभा गृहमा आयोजित शिक्षकहरूको महानगरपालिकास्तरीय कविता प्रतियोगितामा भ्याली भ्युका शिक्षक योगराज पौडेल प्रथम भएका हुन्।
उनलाई उपप्रमुख सुनिता डंगोलले १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेकी थिइन्।
गतवर्ष पनि उनी महानगरस्तरीय कविता प्रतियोगितामा प्रथम भएका थिए।
















