थानकोटमा यःमरि बेच्न भ्याइनभ्याई (भिडिवो)

Thankot Times

थानकोट ।

आ‍ज आ‍इतबार य:मरि पुन्हि मनाइँदैछ।

हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाका दिन नेवार समूदायले विशेष महत्त्वका साथ मनाउँछन्।

यःमरि यो पर्वको विशेष परिकार हो। यःमरि तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार हो।

धान्य पूर्णिमाको साँझ टोलटोलमा बालबालिका, युवायुवती जम्मा भई योमरी माग्ने चलन पनि छ। योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो।

नेपाल संवतअनुसार थिंलाथ्व पुन्हि अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा यःमरी पुन्हि भनिन्छ। यस दिन विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर मिठामिठा परिकार खुवाउने प्रचलन छ।

मौलिक र सांस्कृतिक महत्त्व रहेको यःमरी बनाउन नेवार समुदायका मानिसहरूलाई भ्याइनभ्याइ देखिन्छ।

गैर नेवार समुदायका मानिसहरू समेत आ‍ज यःमरि किनेर खाने गर्दछन् ।

यसैबीच थानकोटमा आ‍ज यःमरि किन्नेहरुको धुइरो निकै देखिएको छ ।

थक्वा नसा धूकूका सदस्यहरू इमाखेल बजारमा आ‍इतबार बिहानैदेखि यःमरि पकाउन व्यस्त छन् ।

गतवर्ष ३५ केजी यःमरि बिक्री भएकोमा यस पटकपनि सोही अनुपातमा यःमरि बिक्री हुने थक्वा नसा धूकूका सदस्यले जानकारी दिए ।

भिडियो हेर्न यो लिंकमा थिच्नुहोस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *