आज र भोलि मनकामना केबलकार सेवा बन्द हुने
थानकोट ।
आज (पाैष १ गते) र भोलि (पाैष २ गते) मनकामना केबलकारको सेवा हुने भएको छ ।
मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भारका लागि केबलबार सेवा बन्द हुन लागेको हो ।
टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द हुने कम्पनीको भनाइ छ ।
पाैष ३ गते बुधबारबाट भने केबलकार नियमित सञ्चालनमा आउने बताइएको छ ।












