पाैष ६ गते शनिबार चेकपोष्टस्थित हाईभिजन कोलोनीमा बृहत स्वास्थ्य शिविर आयोजना हुने
थानकोट ।
हाईभिजन कोलोनी समाजको आयोजनामा पाैष ६ गते शनिबार चन्द्रागिरि नगरपालिका ५ र ७ स्थित वाणस्थलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा आयोजना हुने सो स्वास्थ्य शिविरमा रक्तदान शिविरसमेत सञ्चालन हुने बताइएको छ ।
यस्तै, शिविरमा महिलाहरूको पाठेघरको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सरको स्क्रिनिङ, मृगाैला परीक्षण तथा पुरुषहरूको पोष्टेड निःशुल्क परीक्षणको व्यवस्था रहेको बताइएको छ ।













