३०औं नेपाल प्रहरी महानिरीक्षक कप फुटबल प्रतियोगिताको उपाधि कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुललाई
थानकोट ।
३०औं अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को उपाधि कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलले जितेको छ।
आयोजक नेपाल पुलिस स्कुल साँगा, काभ्रेलाई ३-० ले स्तब्ध बनाउँदै नेपाल एपीएफ स्कुलले उपाधि चुमेकाे हाे ।
एपीएफ स्कुललाई उपाधि जिताउन विकास बोहरा र अविन बस्यालले समान १-१ गाेल गरेका थिए भने एक आत्मघाती उपहार पाएको थियाे ।
विद्यालयस्तरको सबैभन्दा पुरानो र धेरै धनराशी पुरस्कार भएको प्रतियोगिताको शुक्रबार खेलाइएको फाइनल खेल हेर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर साँगा पुगेका थिए । उनले विजयी टाेली विद्यालय समदेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र के.सी., प्रधानाचार्य, टिम क्याप्टेन, टिम कोच तथा टिम म्यानेजरलाई संयुक्त रूपमा नगद पुरस्कार ६० हजार रुपैयाँ, शिल्ड, ट्रफी र मेडल हस्तान्तरण गरेेका थिए ।
फाइनल खेलमा नेपाल एपीएफ स्कुलका दिपेश गुरुङ्ग म्यान अफ दी म्याच घोषित भएका थिए ।
एपीएफकै अविन बस्याल प्रतियोगिताका उच्च गोलकर्ता घोषित भए भने पावन बुढा उत्कृष्ट गोलरक्षक घोषित भए।
मंसिर १८ बाट साँगास्थित नेपाल पुलिस स्कुलकाे मैदान सञ्चालन भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कूल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, नेपाल एपीएफ स्कुल, तथा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी १५ विद्यालयका १६ टिम सहभागी थिए ।
















