रिब्स माविका संस्थापक डीबी गुरुङ र ब्राइट फ्यूचर माविका संस्थापक मोहन कार्की सम्मानित
थानकोट ।
चन्द्रागिरि नगरका अग्रणी दुई संस्थागत विद्यालयका संस्थापक अध्यक्ष सम्मानित भएका छन्।
निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन (प्याब्सन)को तेस्रो चन्द्रागिरि नगर अधिवेशनका क्रममा चन्द्रागिरि नगरपालिका-५ महादेवस्थानस्थित रिब्स माविका संस्थापक अध्यक्ष धन बहादुर गुरुङ र चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्ष मोहनकुमार कार्की सम्मानित भएका हुन् ।
२०४१ साल देखी चन्द्रागिरि नगरपालिकामा विद्यालय स्थापना गरी शिक्षाको माध्यमबाट काठमाडाैंको पश्चिम भेगमा पुर्याएको योगदानको कदर स्वरुप रिब्स माविका संस्थापक गुरुङलाई कुशल नेतृत्व सम्मान-२०८० प्रदान गरिएको प्याब्सन चन्द्रागिरि नगर कमिटि निवर्तमान अध्यक्ष दीपक महर्जनले जनाए । यसै गरी विद्यालय खेलकुदलाई संयोजन र संगठीत गर्दै अन्तरार्ष्ट्रिय जगतमा पुर्याई नेपाललाई स्वर्णसहित पदक जिताउन भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीलाई विशेष सम्मान गरिएको बताइएको छ ।
गुरुङ र कार्कीलाई प्याब्सन काठमाडाैं जिल्ला अध्यक्ष प्रेम राईले दोसल्ला तथा कदरपत्रसहित सम्मान गरेका हुन् ।
















