गल्छीमा यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते
थानकोट ।
धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवनका लागि छुटेको बा २ ख २८२९ नम्बरको माइक्रोबस गल्छी गाउँपालिका–८ गल्छीमोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको अम्बेभरोसा अस्पतालमा उपचार भइरहेको छ ।
माइक्रोबस आफैं अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो ।
दुर्घटनामा माइक्रोबस चालक मकवानपुरको थाहा नगरपालिकाका २२ वर्षीय सञ्जय लामा गुरुङ पनि घाइते भएका छन् ।
उनको टाउको, मुख र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको सूचना अधिकारी हमालले जानकारी दिए ।
तस्बिरः विनोद श्रेष्ठ

















