त्रिवि कार्यकारी परिषद्मा ४ जना सदस्य नियुक्त
थानकोट ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)काे कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन्।
उपकुलपति प्रा. डा. केशरजंग बरालले ५ वटा संकायकाे तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकर खनाल र ४ वटा संकायकाे तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेको त्रिवि प्रवक्ता एमन सिंह बाेहराले जानकारी दिए।
त्यस्तै २ जना प्रोफेसरहरूको तर्फबाट प्रा.डा. लालु प्रसाद र डाक्टर जगत माेहन श्रेष्ठ नियुक्त भएका छन् ।
पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद् मा सदस्य पद रिक्त थियो।
परिषद्मा उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ ।
















