सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा यस दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ८ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघको भनाइ छ।

अघिल्लो कारोबार दिन (गत शुक्रबार) चाँदी प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *