त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको भर्नाका लागी माघ ११ सम्म समय थप
थानकोट ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत बि एड प्रथम वर्षमा भर्ना हुने अवधि माघ ११ गतेसम्म थप भएको छ।
विश्वविद्यालयले एक सूचना जारी गर्दै साथै यस्तो जानकारी दिएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीमा आधारित स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यार्थी भर्ना गर्ने/गराउने म्याद यही २०८१ साल माघ ११ गतेसम्म थप गरिएको जानकारी दिएको छ।
उल्लेखित मितिभन्दा बाहिर गई कुनै पनि विद्यार्थी भर्ना नगर्न/नगराउन सम्बन्धित सबै क्याम्पसहरुलाई सूचित समेत गरेको छ।

















