आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य कति छ ?
थानकोट ।
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
आज छापावाल सुन लामा १ हजार १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १ सय रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।
यस्तै आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो कारोबार दिन हिजो सोमबार तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।














