सिमेन्टको भाउ बोरामा २५० रूपैयाँ बढेपछि….

Thankot Times

थानकोट ।

सिमेन्टको मूल्य वृद्धिका बारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन् ।

सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई बुधबार समितिको बैठकमा बोलाएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए ।

उनका अनुसार मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा पुग्नेछन् ।

सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछिनिर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *