सुन चाँदीको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ।

आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *