चन्द्रागिरि नगर अस्पताल भवनको निर्माण कार्य तिव्र, निर्धारित मितिभित्रै निर्माण भइसक्ने दाबी

Thankot Times

थानकोट ।

समयमै साइट क्लियरिङ नहुँदा तथा डिजाइनमा केही परिमार्जन गर्न आवश्यक परेपछि रोकिएको चन्द्रागिर नगर प्राथमिक अस्पतालको नयाँ भवनको निर्माण कार्यले गति लिएको छ ।

मूल्य अभिवृद्धि करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैंतीस पैसा लागतमा निर्माण सम्झाैता भएको १५ शैयाको अस्पताल भवन गत वर्ष माघ ३ गते नगरप्रमुख घनश्याम गिरीले शिलान्यास गरेका थिए ।

निर्माणको जिम्मा पाएको एमए कन्सट्रक्सनले अनुसार निर्माणस्थलमा भएको बिजुलीको खम्बाका कारण निर्माणमा केही ढिलाई भएपनि निर्धारित मिति (२० असार २०८२) भित्रै भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबारसम्म अस्पताल भवन निर्माणका लागि प्रोटेक्सन पाइल, साइट क्लियर, एक्जाभेसन, स्टोन सोलिङ सकिएको छ भने बोल्डर (ग्राभेल) प्याकिङ धमाधम भइरहेको छ । 

२०८२ असार २० गतेसम्म ३ तत्ले अस्पताल भवनको बाहिरि संरचना निर्माण सकिने एमए कन्सट्रक्सन इन्जिनियर प्रभाकर गिरीले जानकारी दिए । अस्पताल निर्माण अहिले दैनिक १८ घण्टा काम भइरहेको र १५ जना श्रमिक खटिएको गिरीको भनाइ छ ।

आगामी साता अस्पतालको पीसीसी ढलानको कार्य हुनेछ । जुन १ हजार २८ स्वायर मिटर क्षेत्रफलको रहनेछ ।

अस्पतालको निर्माणसम्पन्न भएपछि चन्द्रागिरि नगर प्राथमिक अस्पताल ३० शैयाको हुनेछ । 

चन्द्रागिरि नगर प्राथमिक अस्पतालको स्तरोन्नति हुँदै, १५ शैया थपका लागि नयाँ भवनको शिलान्यास


Leave a Reply

Your email address will not be published. Required fields are marked *