तारकेश्वरमा ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल चोरी

Thankot Times

थानकोट ।

काठमाडौँको तारकेश्‍वर नगरपालिका-६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ ।

बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी भएको हो ।

कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

एआइ तस्वीर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ