नेपाली बजारमा सुन-चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *