ढुङ्गाअड्डामा श्री अम्बा टायर हाउसको शाखा विस्तार
थानकोट ।
विगत २० वर्षदेखि अटोपार्टस व्यवसाय संचालन गर्दै आएको श्री अम्बा ग्रुपले ढुङ्गाअड्डामा रहेको त्रिथुंगा कम्प्लेक्समा ‘श्री अम्बा टायर हाउस’ सञ्चालनमा ल्याएको छ ।
शनिबार (१२ माघ) एक समारोहबीच टायर हाउसको औपचारिक उद्घाटन गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र वडा नंं. १५ का अध्यक्ष घनश्याम लुइँटेल, श्री अम्बा ग्रुपका प्रबन्ध निर्देशक अरुण कुमार अग्रवाल लगायतले टायर हाउसको उद्घाटन गरेका हुन् ।
कम्पनीले एमआरएफ, सिएट, म्याक्सिस, अपोलो, जेके, कन्टिनेन्टल, लिङलङजस्ता विश्वस्तरीय टायर ब्राण्डहरू टायर हाउसमा उपलब्ध गराएको छ ।
हेज, एरोस्टार, एक्सिस र एसएमटीजस्ता उच्च गुणस्तरका हेलमेट उत्पादनहरू पनि शोरुममा बिक्रीका लागि उपलब्ध छन् ।
ब्याट्रीका लागि जुनेक्स, मेसिमो र ग्लोब्याट जस्ता विश्वासिला ब्राण्डहरू पनि उपलब्ध गराइरहेको छ प्रबन्ध निर्देशक अग्रवालले बताए ।
कम्पनीले ग्राहकहरूको सजिलोका लागि एल्लोह्विल, टायर फिटमेन्ट सेवा तथा नाइट्रोजन ग्यासको सुविधा समेत सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर टायर, ब्याट्री, हेलमेट लगायतका उत्पादन र सेवाहरू उपलब्ध गराइएको अग्रवालले बताए ।
श्री अम्बा टायर हाउस ढुङ्गाअड्डा शाखा विस्तारको अवसरमा जनवरी २५-२८ सम्म हुने सबै खरिदमा ६ प्रतिशतको छुटका साथै उपहारको व्यवस्था गरिएको श्री अम्बा टायर हाउसले जनाएको छ ।












