सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्यो
थानकोट ।
कारोबार हुने साताको छैटाैं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
अघिल्लो कारोबार दिन हिजो बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज चाँदीको भाउन प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको हो ।
अघिल्लो कारोबार दिन हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।














