सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो कारोबार दिन गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ।
चाँदीको मूल्य पछिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।














