सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो चार दिन सुनको मूल्य प्रति तोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम छ ।

महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५ सय कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि समान निर्धारण भएर  कारोबार भइरहेको हो । 

महासंघले चाँदीको मूल्य भने घटेको जनाएको छ ।

आइतबार तोलामा १ हजार ९ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको हो । यस आधारमा चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *