कीर्तिपुरमा दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक कप फुटबल सुरु, १८ विद्यालयका १९ टिम प्रतिस्पर्धामा

Thankot Times

थानकोट ।

दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ।

नेपाल एपिएफ स्कुल कीर्तिपुरमा आइतबार सशस्त्र प्रहरी बल नेपाल मानवस्रोत विभाग प्रमुख एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। एपीएफका लागि विकास बोहोराले ५ गोल गरे, विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले १-१ गोल गरे ।

उक्त खेलमा एपिएफका बोहोरा म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिताको उद्घाटन सत्रमा कीर्तिपुर नगरपालिका नगर प्रमुख कृष्णमान डंगोलको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुँदैछन्।

पहिलो खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर (ख) र राराहिल मेमोरियल स्कुल, कीर्तिपुरले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा नेपाल पुलिस स्कुल, साँगाविरुद्ध बाघभैरव सेकेन्डरी स्कुल, कीर्तिपुरले प्रतिस्पर्धा गर्नेछ।

आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।

तस्वीरः एपिएफ


Leave a Reply

Your email address will not be published. Required fields are marked *