सुनको मूल्यमा बढोत्तरी
थानकोट ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।
पछिल्लो तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार भने वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।
यसदिन चाँदी प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा खरिद-बिक्री भएको थियो ।














