बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो

जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ