काठमाडाैंमा एक जना प्रहरी जवान कार्यालयमै मृत फेला
थानकोट ।
प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्।
बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार मृतक प्रहरी जवान २३ वर्षीया निशा चौधरी हुन्।
उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

















