चन्द्रागिरि नेवा: देय दबुको अध्यक्षमा नारायण कृष्ण महर्जन दोहोरिए

Thankot Times

थानकोट।

नेवा: देय दबु चन्द्रागिरि नगरको अध्यक्षमा नारायण कृष्ण महर्जन दोहोरिएका छन् ।

संस्थाको दोस्रो नगर अधिवेशनबाट महर्जन अध्यक्षमा दोहोरिएका हुन् । वडा अधिवेशन सम्पन्न भएपछि नगर अधिवेशन आह्वान भएको हो ।

दबुको बुधबार सम्पन्न दोस्रो अधिवेशनमा काठमाडाैं उपत्यका अध्यक्ष श्रीकृष्ण महर्जन, नेवा:देय दबु चन्द्रागिरि नगरका सल्लाहकार एवं काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, सल्लाहकार बुद्धरत्न नकर्मी, सल्लाहकार तथा चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडाअध्यक्ष राजभाइ महर्जन, नेवा: देय दबु काठमाडौंका सचिव धनवीर महर्जन, काठमाडौं जिल्ला अध्यक्ष धनबहादुर महर्जन्, उपत्यका नेवा: देय दबुका पदाधिकारी सुमन महर्जन लगायतको उपस्थिति थियो ।

अधिवेशनले नारायण कृष्ण महर्जनको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ