कारोबार हुने साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ कति छ ?

Thankot Times

थानकोट ।

आज आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

पछिल्लो कारोबार दिन (गत शुक्रबार) सुनको भाउ प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । 

आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर कारोबार भएको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँ कारोबार भइरहेको हो ।

पछिल्लो कारोबार दिन (शुक्रबार) चाँदी प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ