नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्माविरूद्ध मेयर हर्क साम्पाङले दिए अख्तियारमा उजुरी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

टिभी टुडेमा दिएको अन्तर्वार्ताको विषय उल्लेख गर्दै मेयर साम्पाङले विश्वकर्माविरूद्ध शुक्रबार अख्तियारमा उजुरी दिएका हुन्।

एडिबीबाट ऋण तथा अनुदान लिएर धरानमा खानेपानी आयोजना बनाएको कुरा विश्वकर्माले उल्लेख गरेको र उक्त अन्तर्वार्तामा उल्लेख गरेकोजस्तो रकम आएको नदेखिएको वा हिनामिना भएको देखिने उल्लेखसहित मेयर साम्पाङले अख्तियारमा उजुरी दिएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ