ललितपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोस्थित बागमती प्रदेश ३-०१-०२-०२४ च ९१५५ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। 

मकवानपुर घर भई चापागाउँ दोबाटो बस्ने १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर मोक्तान गम्भीर घाइते भएका थिए।

उपचारको क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा मृत्यु भएको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ