दक्षिणकाली नगरका शैक्षिक संस्थामा आज शोक बिदा
थानकोट ।
काठमाडाैंको दक्षिणकाली नगरपालिकाले आज सोमबार नगर क्षेत्रका शैक्षिक संस्थामा शोक बिदा दिएको छ ।
नगरद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार हिजो स्थानीय जुनकिरी स्कुलको बस दुर्घटना हुँदा मानवीय एवं भाैतिक क्षति भएको शोकमा आज सोमबार नगरका विद्यालयहरूमा बिदा दिइएको उल्लेख छ ।


















