नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार गरिएको थियो ।

आज चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ सोमबारका लागि १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ