काठमाडाैंमा छुरा हानेर युवकको हत्या, ३ जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौं चाबहिलस्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ ।

सोमबार बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय युवाले ज्यान गुमाएका हुन् ।

छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका छन् ।

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ