शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट प्रकरणः कीर्तिपुर अस्पतालमा २ जना घाइतेको मृत्यु
थानकोट ।
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो ।
गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए ।
उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।












