बजारमा आज सुनको भाउ के छ ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ ।

मंगलबार तोलामा ८ सय रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो ।

सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य घटेको छ ।

हिजो सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँ थियो ।

आजको भाउ तोलामा ३० रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ