सिंहदरबारभित्र सेवाग्राहीका लागि निःशुल्क बस सेवा उपलब्ध गराइने

Thankot Times

थानकोट ।

सरकारले सिंहदरबार परिसरभित्र ‘सटल सर्भिस’ शुरु गर्न लागेको छ ।

काम विशेषले सिंहदरबार पुग्ने सेवाग्राहीको सहजताका निम्ति सटल सर्भिस सञ्चालन गर्न लागिएको बताइएको छ । 

उक्त सर्भिसका लागि गृह मन्त्रालयले दुई थान विद्युतीय गाडी खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले क्याटलग सपिङ्ग विधिबाट सवारीसाधन खरिद प्रक्रिया थालेको हो ।

गाडी बिक्रेताले आगामी १० दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने छ । उत्पादकको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर, मूल्य र सुविधासहितको विवरण (क्याटलग वा ब्रोसर) राखर शिलबन्दी प्रस्ताव मन्त्रालयमा दर्ता गर्नुपर्ने छ। 

सिंहदरबार परिसर निकै ठूलो भएकाले काम विशेषले त्यहाँ पुग्ने सर्वसाधारणलाई सम्बन्धित मन्त्रालय र कार्यालयसम्म गाह्रो हुने गरेको छ । अब सिंहदरबारभित्र प्रवेश गर्ने गेटपास लिएका सेवाग्राहीले यो सेवा निःशुल्क उपभोग गर्न पाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ