साल्ट ट्रेडिङले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कमायो ३ करोड ५३ लाख रुपैयाँ

Thankot Times

थानकोट ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गरेको नाफा गत वर्षको तुलनामा  १.२५ प्रतिशत कम हो ।

गत वर्ष यस कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको यो अवधिमा व्यापार ४ अर्ब ५८ करोड रुपैयाँ मात्र भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ६ अर्ब ६९ करोड रुपैयाँ व्यापार गरेको थियो । त्यस्तै, कम्पनीको बिक्री लागत ६ अर्ब १३ करोडबाट घटेर ४ अर्ब २९ करोड १२ लाख रुपैयाँमा भएको छ ।

चुक्ता पुँजी ३२ करोड ७ लाख १६ हजार रुपैयाँ  र  जगेडा कोषमा १ अर्ब ३६ करोड सञ्चित रहेको छ ।

चुक्ता पुँजी भन्दा जगेडा कोष ४.२४ गुणा बढी छ ।

प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *