एपीएफ अस्पताल स्थापना दिवसका अवसरमा सतुङ्गलमा भोलि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एपीएफ अस्पताल स्थापना दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा भोलि (बिहीबार) एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
चन्द्रागिरि नगरपालिका वडा न. ११ को व्यवस्थापनमा सशस्त्र प्रहरी अस्पतालको प्राविधिक सहयोगमा सो शिविर आयोजना हुने चन्द्रगािरि नगरपालिका वडा नंं ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
शिविरमा मुटु रोग जाँच सेवा, हाडजोर्नी जाँच सेवा, स्त्री रोग जाँच सेवा, सामान्य चिकित्सा सेवा (जनरल फिजिसियन), मधुमेह, थाइराइड परीक्षण लगायतका सेवा उपलब्ध हुने बताइएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नंं ११ को कार्यालय हातामा बिहान १० बजेबाट सुरु हुने शिविर दिउँसो २ बजेसम्म जारी रहने बताइएको छ ।













