वर्षा नहुँदै बबरमहल जलमग्न !
थानकोट ।
काठमाडौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न भएको छ ।
सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ । अदालतकाे पहिलाे तला नै डुबाएकाे छ ।
बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।
सूचनामा भनिएको छ,‘मेलम्ची खानेपानीको पाइप फुटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नं. फाँटमा क्षति पुगेकोले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेसी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने बेहोरा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’
बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्जको पाइप फुटेको थियो ।

















