बजारमा आज सुनको भाउ के छ ?
थानकोट ।
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार २ सय रुपैयाँ कायम छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ ।
चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँ कारोबार भएको थियो ।














