काठमाडौंबाट त्रिशूली जाँदै गरेको गाडीमा ग्यास सिलिन्डर लिक भएपछि..

Thankot Times

थानकोट ।

काठमाडौंबाट ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै लिक भएको छ।

शुक्रबार काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका-९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार नुवाकोटको चिस्यान केन्द्रका लागि उक्त एमोनिया ग्यास लगिँदै थियो।

बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको एसपी सुवेदीले बताए।

अहिले कुनै क्षति नहोस् भनेर दमकलले ‘फोम’ प्रयोग गरेको छ।

तस्वीरः धुनिवेंशी नगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ