गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Thankot Times

थानकोट ।

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ पिखेलका ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन्।

चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।

उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ