नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण, एकजना घाइते
थानकोट ।
नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ ।
आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।
गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो ।
तोडफोडका क्रममा ढकाल घाइते भएका थिए ।
ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो ।
अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ ।
डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।


















