नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो
थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।
शुक्रबार तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार १ हजार ९ सय ७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९ सय ५५ रुपैयामा कारोबार भइरहेको छ ।














