मःम पसलमा ग्यास विस्फोट प्रकरणः कीर्तिपुर अस्पतालमा उपचारत अर्का श्रमिकको पनि मृत्यु
थानकोट ।
काठमाडाैंको कमलपोखरीस्थित शानदार मःम पसलमा गत साता भएको ग्यास विस्फोटको घटना परि घाइते भएका मध्ये अर्का एक जनाको पनि मृत्यु भएको छ।
काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।
लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो ।
यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।
अन्य घाइतेहरूको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।

















