थानकोटमा ट्रेडिसनल कुङ्फु सम्पन्न

Thankot Times

थानकोट ।

प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्फु प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौँ चन्द्रागिरि–३, थानकोटमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।

ट्रेडिसनल कुङ्फुलाई देशव्यापी रूपमा फैलाउँदै हरेक व्यक्तिको शारीरिक एवम् मानसिक स्वास्थ्य बलियो बनाउने आफ्नो उद्देश्य रहेको नेपाल डिसनल कुङ्फु सोसाइटीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक चन्द्रप्रसाद महर्जनले बताए ।

प्रतियोगितामा उपत्यकाका विभिन्न क्लब, विद्यालय र जिल्लाका गरी दुई सय खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा ३२ स्वर्ण, ३२ रजत, र ४५ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

जसमा दक्षिणकाली ट्रेडिसनल कुङ्फु शाखा प्रथम, थानकोट ट्रेडिसनल कुङ्फु शाखा दोस्रो, र मङ्गलोदय स्कुल तेस्रो स्थानमा रह्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *