सुनको भाउ बढ्यो
थानकोट।
नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो ।
हिजो आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ ।
यसदिन चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।














