अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै, पोखराका मेयर केही दिन अस्पतालमै रहने

Thankot Times

थानकोट ।

जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने निर्णय गरिएको जनाएको छ ।

उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

उनीसँगै उपचाररत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको छ । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई हृदयरोग विशेषज्ञको परामर्शमा राखिएको हो ।

आचार्यको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेको जानकारी दिएको छ । 

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले भेटमा रोक लगाएको छ ।

अर्को सूचना नआएसम्म भेट गर्न पूर्णरुपमा बन्द गरिएको जानकारी गराइएको छ । 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *