चित्लाङका एक पुरुष लगनखेलमा मृत भेटिए
थानकोट ।
ललितपुर महानगरपालिका १९ लगनखेलस्थित एक भोजनालयमा काम गर्ने पुरुष मृत फेला परेका छन् ।
मकवानपुरको थाहा नगरपालिका चित्लाङका ६० वर्षीय राम मानन्धर घरको पाँचौं तलामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















