हाम्रो दहचोक साकोसले आयाेजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ८५ जनाले सेवा लिए

Thankot Times

थानकोट ।

दहचाेकस्थित हाम्रो दहचोक बचत तथा ऋण सहकारीले सदस्यको नि:शुल्क स्वास्थ्य परिक्षण गराएको छ ।

संस्थाले नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग र क्यान्सर सर्भाइवर ग्रुप नेपाल क्यान्सर अस्पतालको अभिमुखिकरणमा सदस्यको नि:शुल्क स्वास्थ्य परिक्षण गराएको हो । संस्थाले महिलाहरुमा हुनसक्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

बुधबार आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष हरिशरण थापाको अध्यक्षता र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका संचालक खेमराज सुवेदी, प्रोस्कूनका संचालक लेमन श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं १ का वडाध्यक्ष हरिश्याम राना मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका संचालक एवं महिला उपसमिति संयोजक सविता राईको संयोजकत्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले हाल देशमा संख्याको आधारले पाठेघरको मुखमा हुने क्यान्सर पहिलो र स्तन क्यान्सर समस्या दोश्रो बढि रहेकोले यस प्रकारको नसर्ने तर प्राणघातक रोगको समयमै पहिचान र उपचार गरेमा अकालमै ज्यान गुमाउने र ठूलो धन नोक्सानीलाई कम गर्न सकिने अभियानका लागि संस्थाले गरेको काम सर्हानिय रहेको बताए ।

उनले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को मर्म अनुसार संस्थाले कार्यक्रम आयोजना गरेकोमा अतिथिहरुले प्रसंसा गरेका थिए । स्वास्थ्य परिक्षणमा ८५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा क्यान्सर सर्भाइबर ग्रुपका सूर्यलक्ष्मी महर्जनले क्यान्सर विरुद्ध अभिमुखिकरण राखेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *