महाशिवरात्रीका दिन चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट*, साँझ विशेष आरती
थानकोट ।
महाशिवरात्री पर्वका अवसरमा चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट हुने भएको छ ।
महाशिवरात्रीका दिन साँझ ४ बजेपछि हुने केबलकारको टिकट खरिदमा ५० प्रतिशत छुट पाइने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भालेश्वरस्थित महादेव मन्दिरका पुजारी विदुर न्याैपानेले दिनुभएको जानकारी अनुसार शिवरात्रीको साँझ ५ बजे मन्दिर परिसरमा विशेष आरती समेत आयोजना हुनेछ ।
यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्री पर्व मनाइँदैछ ।














