सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य घटेर शुक्रबार तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो । 

यस्तै, चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । 

बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ